
एजेन्सी । अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा जान दिने निर्णयबाट तालिबान सरकार पछि हटेको छ ।
यसअघि २३ मार्चदेखि विद्यालयमा छात्राहरुलाई पनि जान दिने घोषणा गरेको तालिबान सरकारले पोशाकको विषयलाई लिएर उक्त घोषणाबाट पछि हटेको त्यहाँको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दैै बीबीसीले जनाएको छ ।
तालिबान सरकारको निर्णयपछि उत्साहित लाखौं अफगानी छात्राहरूमा निराशा छाएको छ । त्यहाँको टेलिभिजनले जारी गरेको भिडियोमा उनीहरु रोइरहेका छन् । गतवर्ष राजधानी काबुल कब्जा गरेको तालिबानले सत्ता सम्हालेपछि छात्राहरुलाई विद्यालय जान रोक लगाएको थियो ।
गत वर्ष तालिबान सरकारले कक्षा ६ सम्म अध्ययनरत छात्राहरुका लागि विद्यालय जाने अनुमति दिएको थियो भने महिलाहरुलाई विश्वविद्यालय जाने अनुमति पनि दिइएको थियो । तर, कक्षा १२ सम्मको अध्ययन भने गर्न दिइएको थिएन ।
प्रतिक्रिया दिनुहोस्