
काठमाडौं । भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । ओडीसी इन्टरटेनमेन्टको व्यवस्थापनमा ‘दबंग टुर’ मार्फत उनी नेपाल आउन लागेका हुन् ।
दशरथ रंगशालामा हुने कार्यक्रमका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ ।
जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काट्नुभएको छ । उहाँले पाँच हजार रुपैयाँको टिकट काट्नुभएको हो ।
सलमान सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।
कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ । यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए । कोरोना महामारीका कारण स्थगित भएको थियो ।
सलमानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन् ।
भ्रमणमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सहभागी हुँदै आएकी छन् । नेपालमा आयोजित कार्यक्रममा पनि दर्जन बढी भारतीय कलाकारको टिम आउने आयोजक ओडिटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्