
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न व्यापार घाटा घटाउने नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् ।
उद्योग, वाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउने गरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन् । ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाइँहरूले व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुस्’, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सम्भावना भएका क्षेत्रमा लगानी बढाउन पनि निर्देशन दिए। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी नीति तय गर्न पनि निर्देशन दिए । प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारीसाधन, विद्युतीय चुलोलगायतको प्रयोग बढाउन पनि निर्देशन दिए ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्