
काठमाडौं । नेपाल टेलिकम (NTC) को लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।
साधारणसभाको लागि टेलिकमले चैत्र ११ गते शुक्रबारदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज बिहीबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तवित लाभांश पाउने छन् ।
हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २४ गते टेलिकमले चैत्र २४ गते बिहीबार आर्मी अफिसर्स क्लब भद्रकालीमा चौधौंं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पहिलो पटक बोनस शेयर प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ । यस अघि कम्पनीले हरेक वर्ष नगद लाभांश मात्र वितरण गर्दै आइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्