१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनी पूर्व सांसदकी पत्नी करोडौं डलर लिएर भाग्दै गर्दा हंगेरीमा पक्राउ


4.459k
Shares

एजेन्सी । युक्रेनकी एक धनाढ्य राजनीतिज्ञकी श्रीमती करोडौं डलर लिएर देश छोडेर हंगेरी पुगेको अवस्थामा पक्राउ परेकी छिन् ।
रुसले युक्रेनमाथि हमला गरेका कारण ३३ लाख भन्दा बढी युक्रेनी नागरिक आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । त्यही क्रममा ती राजनीतिज्ञकी श्रीमतिले पनि देश छोडेकी हुन् ।ती महिला पूर्व सांसद इगोर कोटवित्स्कीको श्रीमती अनास्तासिया रहेको बेलायती पत्रिका डेली मेलले जनाएको छ ।

हंगेरीको शरणार्थी शिबिर नजिकै उनलाई हंगेरीको प्रहरीले पक्राउ गरेको हो । उनको सुटकेसमा २८ करोड अमेरिकी डलर र १ करोड भन्दा बढी यूरो भेटिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अहिले अनास्तासियाको सुटकेस सहितको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । युक्रेनको राजधानी कीभमा पनि उनी बिरुद्ध बिगतमा विभिन्न उजुरीहरु परेको थियो । उनका श्रीमान कोटवित्स्की एक समय युक्रेनमा सबैभन्दा धनी सांसद थिए । कोटवित्स्कीले भने आफ्नी श्रीमती आमा बन्न लागेकोले उनी देश छोडेर जानु परेको बताएका छन् । तर, उनले आफ्नी श्रीमतीसँग करोडौं डलर रुपैयाँ भएको भन्ने कुराको खण्डन गरेका छन् । उनको सबै पैसा युक्रेनको बैंकमा रहेको कोटवित्स्कीको दाबी छ ।

युक्रेनको सीमामा रहेका सुरक्षा अधिकारीहरुले पैसा लिएर अनास्तासियालाई पैसा सहित बाहिर जान सहयोग गरेको आशंका युक्रेनको छ । त्यसो भएको पाइएमा युक्रेनी सीमा सुरक्षा गार्डलाई कारवाही हुने युक्रेनको भनाई छ ।