
सप्तरी । गृहमन्त्री बालकृष्ण खाँण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडको हतार–हतारमा मर्मत गरिँदै छ ।
बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।
बोदेबर्साइन नगरपालिका-५ मा रहेको खडक नदी पुल, वडा नम्बर ३ कुश्मुहारको पुल र बलान बिहुल गाउँपालिका- १ मा रहेको बलान नदीको उद्घाटन गर्न गृहमन्त्री खाँण आउन लागेपछि सडक मर्मतसँगै सरसफाइ गरी चिटिक्क पारिँदै छ।
यही बाटोबाट प्रमुख अतिथि, विशिष्ठ अतिथि र अन्य अतिथिहरूको आगमन हुने भएकोले हतारमा सडक मर्मत गरिएकाे स्थानीय उमेश साहले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्