२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबलको सुरुवाती ११ सार्वजनिक, दर्शन र अञ्जनलाई फरवार्डको जिम्मा


325
Shares

काठमाडौं । थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको पहिलो सुरुवाती ११ सार्वजनिक भएको छ ।

नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।

यस्तै, डिफेन्समा दीनेश राजवंशी र अनन्त तामाङ रहँदा सुरजजिउ ठकुरी र एरिक बिष्टले उनीहरूलाई सहयोग गर्नेछन् ।

मिडफिल्डरमा पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ र आयुष घलान छन् ।

यसैगरी, नेपाली टोलीको अग्रपंक्तिमा दर्शन गुरुङ र अन्जन बिष्टले सम्हाल्नेछन् ।

नेपाल र थाइल्यान्डबीचको खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।