
काभ्रे । काभ्रेमा म्यादी प्रहरीका लागि बिहीबारसम्म २ हजार ८ सय ३५ जनाले आवेदन दिएका छन् ।
२ हजार ९५ जना पुरुष र ७ सय ४० महिला गरि २८ सय ३५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो ।
जिल्लामा १ हजार ४ सय ९५ जना म्यादी प्रहरी माग गरिएकोमा झण्डै दोब्बरले आवेदन दिएका हुन् । आवेदन दिने समय अझै एक दिन बाँकी रहेकाले यो संख्या अझै थपिने छ ।
म्यादी प्रहरीमा युवाहरूको आकर्षण देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताउनुभयो ।
थोरै समय भएपनि रोजगारी पाइन्छ भनेर आवेदन दिन आएको सहभागिहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्