
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ ।
थाइल्यान्डको चोनबरीमा भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गरेको थियो ।
खेलको ७८ औं मिनेटमा फिलिपले गोल गर्दै थाइल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । यसैगरी, ८९ औं मिनेटमा चाओवाटले गोल गर्दै थाइल्यान्डलाई २–० को जित दिलाए ।
यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्