२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बीरगञ्जमा मानव सेवा आश्रमकाे शिलान्यास


39
Shares

काठमाडौं । मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको आज (शुक्रबार) शिलान्यास गरिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार एक कार्यक्रमकाबीच भवनको शिलान्यास गर्नुभएको हो । मुख्य मन्त्री राउतले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए पनि खर्च गर्न नपाएको भन्दै सरकार भवन निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भवन निमार्णको लागि ३० लाख रुपैयाँ छुट्याएको पनि बताउनुभयो । वीरगञ्जको नारायणी अस्पताल, नारायणी रंगशाला जस्ता संरचना सामुदायिक सहयोगले बनेको भन्दै उहाँले मानव सेवा आश्रमको भवन निमार्ण गर्न बजेटको अभाव नहुने बताउनुभयो ।

बीरगञ्ज महानगर प्रमुख बिजय कुमार सरावगीले सडकमा अलपत्र बेसहाराहरुको व्यवस्थापन तीनै तहको दायित्व भएकोमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले महानगरलाई दिने १० करोड रुपैयाँ आश्रमका लागि दिन आग्रह गर्नुभयो । तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको मानव सेवा आश्रमले जनाएको छ ।

मानव सेवा आश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको छ ।