२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना


65
Shares

काठमाडौं । विद्युतीकरण नभएको ठाउँमा तत्काल विद्युत पुर्याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत अनुदान र १० प्रतिशत प्रदेश सरकार र स्थानीयको साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हो ।

जुनीचाँदे गाउँपालिका–७ मा जुनी सौर्य मिनिग्रेट ३५ किलोवाट, कुशे–७ स्थित कुशे ठाँटीकोट सौर्य मिनिग्रेट १ सय ६० किलोवाट र नलगाड नगरपालिका–८ मा नलगाड मंसिरी सौर्य मिनिग्रेट १८ किलोवाट निर्माण हुने भएको छ ।

यसअघि बारेकोट गाउँपालिका–५ मा १ सय ७० किलोवाटको सौर्य मिनिग्रेटको काम जारी रहेको छ । १६ करोड ८९ लाख ५२ हजार रुपैयाँको लागतमा सौर्य मिनिग्रेट निर्माण हुनेछ ।

बारेकोट, जुनीचाँदे गाउँपालिकामा केन्द्रीय विद्युतको प्रशारण लाइन पुग्न सकेको छैन ।