१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुढानिलकण्ठमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ


247
Shares

काठमाडौं । बुढानिलकण्ठमा धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ (थापा) को हत्या गरेको आरोपमा प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई पक्राउ गरेको हो ।

घरायसी विवादका कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका थिए । घाइते लक्ष्मीलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनालगत्तै फरार रहेका भक्तलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।