
एजेन्सी । भारतीय अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध एक व्यक्तिले आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गरेका छन् ।
भारतको उत्तर प्रदेश स्थित मुरादाबाद कटघर थाना क्षेत्रमा बस्ने प्रमोद शर्माले अभिनेत्री सिन्हा सहित ५ जना बिरुद्ध केही समय अघि ठगीको मुद्दा दर्ता गरेका थिए ।
घटना अनुसार सिन्हाले सन् २०१८ सेप्टेम्बर ३० मा एक कार्यक्रममा आउँछु भनेर पहिला नै पारिश्रमिक लिएकी थिइन् । तर कार्यक्रम गर्ने दिन अभिनेत्री सिन्हा नआएपछि आयोजक समेत रहेका शर्माले उनी सहित ५ जना बिरुद्ध २०१९ को फेब्रुअरीमा अदालतमा पहिलो ठगीको मुद्धा दर्ता गरेका थिए । उक्त मुद्धामा अदालतले सोनाक्षी बिरुद्ध केही पहिला जमानती वारेन्ट जारी गरेको थियो । त्यसबारे उनले शर्मा बिरुद्ध बिभिन्न अखबार र सामाजिक संजालमा अपशब्द प्रयोग गरेर गाली गरेकी थिइन् । यसै विषयलाई लिएर शर्माले आफ्नो मानहानी भएको भन्दै मुद्दा दर्ता गरेका हुन् ।
सोनाक्षी विरुद्ध मुद्दा दायर भएपछि उनी फेरी अब समस्यामा परेकी भारतीय संचारमाध्यमले जनाएका छन् । उक्त मुद्दामा भारतीय अदालतले ४ अप्रिल २०२२ मा सुनावाइको तारिख निश्चित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्