२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


देउवाइतर समूहको नेता आफू भएको पौडेलको दाबी


2.483k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाइतर समूहको नेता आफू भएको दाबी गर्नुभएको छ ।

केन्द्रीय समितिको बैठक अघि आफू निकट जिल्ला सभापतिहरूलाई बोलाएर उहाँले संस्थापनइतर नेता–कार्यकर्ताको संरक्षण आफूले गर्ने बताउनुभएको हो ।

नेता पौडेलले छुट्टै समूहको नेतृत्व गर्ने भन्दै आफूलाई साथ दिन आग्रह गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

बैठकमा पौडेलले स्थानीय तह निर्वाचनमा कसरी गठबन्धन गरेर अघि बढ्ने भन्नेबारेमा सभापतिहरूसित सल्लाह माग्नुभएको छ ।