
काठमाडौं । विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ ।
स्वास्थ्य शिक्षा पूर्वाधार लगायत क्षेत्रमा लगानी गर्न पाउने गरी ऋण स्वीकृत भएको हो । यो रकमले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।
ऋण स्वीकृत भएपछि बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले यो सहयोगले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।
उहाँले निजी क्षेत्र र दिगो विकासका आयोजना अघि बढाउन समेत मद्दत पुग्ने बताउनुभयो ।
कोभिड–१९ को प्रकोपपछि नेपालमा तरलताको धेरै समस्या देखिएकाले यो सहयोगले केही हदसम्म सहज पुग्ने बैंकको भनाइ छ ।
यो ऋण महिलाहरुलाई वित्तीय साक्षरता जगाउन समेत प्रयोग हुनेछ । ऋण हरित विकासको अवधारणा अनुसार नै ऋण स्वीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्