१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुर महानगरलाई संसारभरबाटै विशेष महत्वले हेरिन्छ : अध्यक्ष दाहाल


403
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताउनुभएको छ ।

विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकाला‍ई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उहाँले बताउनुभयो ।

‘तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो,’ उहाँले भन्नुभयो, ‘ यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने गरिन्छ, विकासले तीव्रता पाएको छ ।’

देशलाई नै भरतपुर महानगरपालिकाले एउटा रोडम्याप दिइरहेको उहाँको भनाइ छ । ‘विभिन्न चुनौतिहरूको बीचबाट त्यसबाट नेतृत्व गर्ने अवसर मलाई भयो,’ चितवनले दुई पटक देशलाई नेतृत्व गर्ने प्रधानमन्त्री दिएको भन्दै उहाँले भन्नुभयो, ‘म यहाँको जनप्रतिनिधि भएकाले विकास परियोजनालाई तिब्रताका साथ अगाडि बढाइएको छ ।’

भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न समेत संकोच मानेको अध्यक्ष दाहालले बताउनुभयो । भरतपुरको विकासको प्रचार गर्नुको सट्टा उनीहरूले चुनावी एजेण्डा बनाउन खोजेको उहाँको आरोप छ ।