१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित


130
Shares

काठमाडौं । परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले परीक्षा फारम रजिस्टर नभएको कारण प्रवेश पत्र नदिएपछि विद्यार्थीहरू अन्योलमा परेका हुन ।

आइओइमा पुगेर ध्यानाकर्षण गराउँदासमेत माग सुनुवाइ नभएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । आइओईले अर्को वर्ष सिट खाली भएपछि मात्र परीक्षा दिन पाउने भनेपछि उनीहरू समस्यामा परेका हुन् ।

क्याम्पसले फारम स्वीकार भएको वा नभएको सूचना समेत प्रकाशित नगरेको भन्दै उनीहरूले जानकारी दिन माग गरेका छन् ।

आईओइले लापरबाही गरेर विद्यार्थीको भविष्यमा खेलवाड गरेको उनीहरूको आरोप छ । क्याम्पस प्रमुख ओमप्रकाश ढकालले भने अनलाइनको प्राविधिक कारणले समस्या देखिएको बताउनुभयो ।