१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनका दलहरूद्वारा मतपत्र सुरक्षित हुने वातावरण बनाउन माग


182
Shares

चितवन । जिल्लाका राजनीतिक दलहरूले मतपत्र सुरक्षित हुने वातावरण बनाउन माग गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन आचारसंहिताबारे शुक्रबार भरतपुरमा भएको अन्तरक्रियामा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले लोकतन्त्रमा जनताले खसालेको मतको सुरक्षा हुनुपर्ने बताउनुभयो ।

आचारसंहिता राम्रो भए पनि सम्भावित घटनाको समेत आंकलन गर्न उहाँको आग्रह थियो । अन्य दलका प्रतिनिधिहरूले आचारसंहिता राम्रो बनेको भए पनि कार्यान्वयनमा आशंका गर्नुभयो ।

सबै दलले आचारसंहिताको पालना गर्नुपर्नेमा ऐकबद्धता जनाउँदै आगामी दिनमा नैतिक संस्कारको विकास हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सूर्यप्रसाद गौतम, निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराइले आचारसंहिता र निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमाबारे प्रशिक्षण दिनुभएको थियो ।