
काठमाडौं । जगदम्बा स्टील्सले आफ्नो नयाँ उत्पादन ग्याल्भा प्लस र सुपर शाइन नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी यी उत्पादन सार्वजनिक गरेको हो ।
नेपालकै सबैभन्दा ठूलो फलामे छड उत्पादक दाबी गरिएको शंकर गु्रप अन्तर्गत्को जगदम्बा स्टील्सले केही समयअघि मात्र सिमरास्थित अत्याधुनिक नयाँ प्लान्टबाट यी उत्पादन सुरु गरेको हो ।
कम्पनीको बार्षिक उत्पादन क्षमता ३ हजार मेट्रिक टन रहेको बताइएको छ । सिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने आफू नेपालको पहिलो कम्पनी भएको जगदम्बाको दाबी छ ।
ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम भएको र यसले फलामलाई अक्सिडेसनबाट बचाइ सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउने कम्पनीको दाबी छ ।
यस्तै, सुपर साइन प्रिमियम रंगले कोटिङ गरिएकाले थप सुरक्षित र अतिरिक्त सौन्दर्य प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको थालनी समेत गरेको छ ।
जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफिक्रा, उत्तर अमेरिका, इटली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्