१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेटको उपाधि देहिमाडौंलाई


78
Shares

बैतडी । दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधि दनपा–२ देहिमाडौंले जितेको छ ।

देहिमाडौंले साविक विजेता दनपा– ६ थालिगडालाई ७९ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो ।

योसँगै देहीमाडौं उपमेयर कपमा तेस्रोपटक च्याम्पियन भएको छ । उसले यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि पनि हात पारेको थियो ।

उपाधिसँगै देहीमाडौंले ४५ हजार र उपविजेता थालिगडाले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

संस्करणको फाइनलमा हारेको बदला समेत देहीमाडौंले लिएको छ । गत वर्ष फाइनलमा थालिगडाले देहीमाडौंलाई ९ विकेटले हराएको थियो ।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत १२ विकेट र ७० रन बनाएकी देहिमाडौंकी बविता बोहरा उमन अफ द सिरिज भइन् ।

यस्तै १ सय २४ रन बनाएकी देहीमाडौंकी मनिषा बोहरा बेस्ट ब्याट्सउमन र १२ विकेट लिएकी त्रिपुराकी जानबी मौनी बेस्ट बलर चुनिएकी छिन् ।