१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कपिलवस्तुमा डुंगा पिङ भाच्चिदा १४ जना घाइते


312
Shares

काठमाडौं । कपिलवस्तु महोत्सवमा दर्शक सवार पिङ भाच्चिदा १४ जना घाइते भएका छन् ।

कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा जारी १२ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औधोगिक मेलामा सञ्चालन गरिएको डुंगा पिङ शुक्रबार साँझ भाचिएको हो। साे दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको बताउनुभयो। गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं. ९ का आकृति खनाल रहेका छन्।

त्यस्तै, गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनिशा क्षेत्री, बाणगंगा नगरपालिका वडा नं. ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं. ८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं. ९ का कृष्ण घर्ती मगर रहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।