१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


रुसकाे आक्रमणमा परी करिब ३ सय युक्रेनी नागरिकको मृत्यु


3.276k
Shares

काठमाडौं । रुसको आक्रमणमा युक्रेनको मारिपोल सहरमा आश्रय लिएर बसेका करिब ३ सय जना नागरिकको मृत्यु भएको छ।

एक महिनादेखि आक्रमण जारी राखेको रुसको आक्रमणबाट जोगिन सर्वसाधारण नागरिक मारिपोलस्थित थिएटरको अण्डरग्राउण्डमा आश्रय लिएर बसेका थिए । रुसले थिएटरलाई निशाना बनाएर गोलाबारी गरेका बेला करिब ६ सय सर्वसाधारण अन्डरग्राउण्ड आश्रयस्थल लिएर बसेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रुसले गत फेब्रअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । मारिपोलको थिएटरमा भएको आक्रमण अहिलेसम्म जानकारीमा आएका घटनामध्ये एकै स्थानमा रुसी आक्रमणका कारण सबै भन्दा धेरै मानिसको मृत्यु भएकाे घटना हो । रुसी सैनिकको घेराबन्दीमा रहेको मारिपोल सहरको सञ्चार सेवा अधिकांश रुपमा काटिएको छ ।

पानी, खाद्यान्न तथा औषधिसहितका अत्यावश्यक सेवाको चरम अभाव छ । रुसी आक्रमणका कारण मारिपोलका ८० प्रतिशत आवासीय क्षेत्र ध्वस्त भएका छन् । थिएटरमा भएको आक्रमणको सर्वत्र निन्दा हुँदै आएको छ । तर रुसले भने आफूले आक्रमण नगरेको दावी गर्दै आएको छ । आक्रमण हुँदाको समयमा थिएटरको बाहिर ‘बालबालिका’ ठूलो अक्षरमा लेखिएको थियो ।

त्यसलाई देखेर पनि आक्रमण भएको र यो युद्ध अपराध रहेको युक्रेनले बताउँदै आएको छ ।