१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालले दियो पपुवा न्यूगिनीलाई २ सय ७९ रनको लक्ष्य


182
Shares

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ७९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।

नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । देव खनालले ७२, रोहित पौडेलले ३५, भिम सार्कीले २६, कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाए । सोमपाल कामी ३ रनमा अविजित रहे ।

पपुवा न्यूगिनीका अलेइ नाओले ३, नर्मन भानुवाले २ तथा चाड सपर र चार्ल्स अमिनीले समान १/१ विकेट लिए ।

पपुवा न्यूगिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।