
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने हुनुभएको छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
बिमस्टेकको पाँचौं शिखर सम्मेलन चैत १६ गतेदेखि सुरु हुँदैछ ।
सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री नारायण खड्कानेतृत्वको प्रतिनिधिमण्डल भने कोलम्बो जाने भएको छ ।
बिमस्टेकको पाँचौं सम्मेलन आधा भर्चुअल र आधा भौतिक उपस्थितिमा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्