२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा बस पल्टियो, ३८ जना घाइते


741
Shares

चितवन । चितवनमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस इच्छाकामना गाउँपालिका–३ पृथ्वी राजमार्गको पानीधार भन्ने स्थानमा अनियन्त्रित भएर बस पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

३८ घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।

चालकसहित ६ जनाको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । एक जनाको अवस्था भने गम्भीर रहेको छ ।

अन्य ५ जनालाई उपचारको लागि ललितपूर स्थित बी एण्ड बी अस्पताल तर्फ लगिएको छ । जसमा अवस्था २ जनाको अवस्था गम्भीर रहेको छ ।

केही समय अवरुद्ध भएको राजमार्ग सडमबाट बस हटाएपछि सञ्चालनमा आएको छ ।