१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमसीसी पारित भयो, अब धेरै आर्थिक सहयोग आउँछ : प्रधानमन्त्री देउवा

‘मैले व्यापार घाटा बढाएको हो र ? बरु एमसीसी पारित गरेपछि पैसा आएको छ’

741
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदनपछि नेपाललाई अझ धेरै आर्थिक सहायता आउने दाबी गर्नुभएको छ ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनपछि थप आर्थिक सहयोग आउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमसीसी पारित भएको छ, अब आर्थिक सहयोग धेरै आउँछ ।’

यस्तै, प्रधानमन्त्री देउवाले व्यापार घाटा आफूले नबढाएको बताउनुभएको छ । यद्यपि बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिन सकिने उहाँको तर्क छ ।

‘‘केहीले व्यापार घाटाका कुरा गर्नु भयो, मैले व्यापार घाटा बढाएको हो र ? बरु एमसीसी पारित गरेपछि पैसा आएको छ, अब व्यापार घाटा कम हुनेछ’, देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले चुनावमा गठबन्धन कायमै गरेर जानु पर्ने पुनः दोहोर्‍याउनुभयो ।