
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २० मा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
वडा अध्यक्ष राजेन्द्र मानन्धरको अगुवाइमा शान्ति निकुञ्ज विद्यालय मरुहिटीमा आयोजित शिविरमा झण्डै पाँच सय व्यक्तिको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
त्यस क्रममा मोतियाविन्दूको शल्यक्रिया गरिनुका साथै विरामीहरूलाई चस्मा र औषधि पनि वितरण गरिएको थियो ।
निःशुल्क आँखा परीक्षण शिविरले गर्दा आर्थिक रूपमा कमजोर व्यक्तिलाई सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्