१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु


104
Shares

काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक सुरु भएको हो ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुभएको छ भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नुभएको छ ।

बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरूमा छलफल हुनेछ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउनुभएको हो । उहाँ आइतबार चीन प्रस्थान गर्नुहुनेछ ।