१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै


754
Shares

काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) स्थानीय निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई मतपत्र छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

आगामी शुक्रबार मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्न सुरु गरिनेछ । शर्माका अनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।