
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार ) थाइल्याण्डको क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपालले थाई क्लब चोनबरी एफ.सी.सँग उसैको मैदानमा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल्न लागेको हो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलको लागि अभ्यास स्वरुप नेपाली टोली मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको हो ।
नेपालले यस अघि थाइल्याण्डसँग खेलेको मैत्रीपूर्ण खेलमा २–० को हार भोगेको थियो । एसियन कप छनोटको समूह ‘ए’ मा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
छनोट खेलहरु कुवेतमा यही जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्