
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग गृहमन्त्री बालकृष्ण खाँणले आज (आइतबार ) बिहान भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्री खाँणले दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच स्थानीय तहको निर्वाचन तयारी र समसामयिक राजनीति विषयमा छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरिएको छ ।
सत्ता गठबन्धनबीच चुनावी तालमेलको प्रयास भईरहेको छ भने बाम गठबन्धनका लागि पनि पहल भईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्