१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशमन्त्री वाङ र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता


182
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ ।

अध्यक्ष दाहल र विदेशमन्त्री वाङबीच काठमाडौंको नक्शालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । वाङ नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग भेटवार्ताका लागि अध्यक्ष दाहालसँग माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत लगायत सहभागी हुनुहुन्थ्यो । नेपालको तीन दिने भ्रमणको सिलसिलामा गत शुक्रबार नेपाल आउनु भएका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

अध्यक्ष दाहालसँगको भेटवार्ता अघि वाङसँग सोही होटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको थियो । विदेशमन्त्री वाङ आजै दिउँसै स्वदेश फर्कने कार्यक्रम छ ।