
एजेन्सी । बेलायतका एक ९० वर्षिय बृद्धले आफ्नी प्रेमीकासँग हालै गरेको बिवाह निकै चर्चामा रहेको छ ।
मोरिस बेन्टन नामका ९० वर्षिय बृद्धले उनकी प्रेमिका ९२ वर्षीया बृद्धा जोआन ओरिससँग बिवाह गरेका हुन् । गत वर्ष बेन्टनले ओरिसलाई बिवाहको लागि प्रस्ताव राखेका थिए । उनीहरू बिवाह पूर्व ३७ वर्षदेखि सँगै बस्दै आएका थिए ।
बेलायती पत्रिका ‘डेलिमेल’ का अनुसार यी बृद्ध जोडीलाई मो एन्ड जो को नामबाट चिनिने गरिन्छ । गत हप्ता दुबैजना बेलायतको समरसेटस्थित आफ्नो घरमा गएका थिए । त्यसपछि दुबैले चर्चमा गएर विवहा गरेका हुन् ।
ओरिसलाई गत वर्ष ३ मार्चमा हृदयघात भएको थियो । ओरिस २ सन्तानकी आमा र ६ जना नातिनातिनाकी हजुरआमा हुन् । उनको २ नातिनातिनाको पनि सन्तान जन्मि सकेका छन् । आफ्नो पहिलेको श्रीमानको मृत्यु भएकाले ओरिसले धेरै वर्षसम्म बेन्टनको प्रस्ताबलाई स्वीकार गरिनन् । उनी भन्छिन् ‘जब मलाई हृदयघात भयो तब मैले आफूसँग धेरै समय बाँकी छैन भन्ने सोचेर बिवाहको लागि हुन्छ भने यो सुनेर बेन्टन निकै खुसी भए’ ।
ओरिसको पहिलो बिवाह सम्बन्ध बिच्छेदबाट सकिएको थियो । त्यपछि उनले दोस्रो बिवाह गरिन् । तर, उनको श्रीमानको ५० वर्षको उमेरमा मृत्यु भएको थियो । ओरिसले गत साता बेन्टनसँग तेस्रो बिवाह गरेकी हुन् । ओरिस भन्छिन् ‘मैले बेन्टनसँग विवहा गर्दा बेन्टनका साथीहरू र आफन्तले हामीहरूको पहिले नै बिवाह भएको सोचेका रहेछन्’ ।
प्रतिक्रिया दिनुहोस्