
बिनोद सिंह बिष्ट
बैतडी । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने भएका छ ।
बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय ५ दिनका बन्द हुने भएका छन् ।
गाउँपालिकाकाले आइतबार एक सूचना जारी गर्दै यही चैत्र १४ देखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने जनाएको छ । दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय अनुसार नै विद्यालय बन्द हुने भएका गाउँपालिकाकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाका अधिकांस शिक्षक परीक्षामा सहभागि हुन जाने विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले अगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ ।
शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्