
काठमाडौं । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागिय टिम एपिएफ क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा आइतबार साँझ भएको खेलमा हिमालयन शेर्पालाई ३–२ ले पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।
एपिएफको जितमा दीपेश धिमाल, बिके तामाङ र अर्मान्ड बेडमले एक एक गोल गरे । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले दुई गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आज नव जनजागृति युवा क्लब र सुदूपश्चिम–११ बीच खेल हुनेछ ।
नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्