१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देही प्रशासनद्वारा हतियार बुझाउन आग्रह


130
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निजी हातहतियार प्रहरी इकाइमा बुझाउन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र निजी हतियार बुझाउन सूचना जारी गरेको हो ।

आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो ।

निर्वाचन कार्य सम्पन्न भएपछि हतियार फिर्ता पाउने प्रशासनले जनाएको छ ।