६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पाकिस्तानमा प्रधानमन्त्रीको समर्थनमा र्‍याली


1.586k
Shares

काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको समर्थनमा विशाल र्‍याली निकालिएको छ ।

१० औं हजार सहभागी र्‍यालीले इमरान खान अमर रहुन् भन्ने नारा लगाउँदै राजधानी इस्लामाबाद लगायत शहरहरुको परिक्रमा गरेको थियो ।

इमरान खानबिरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि उहाँको समर्थनमा दशौं हजार जनता सडकमा उत्रेका हुन् ।

र्‍यालीमा सत्तारुढ पार्टी बाहेकका दलका कार्यकर्ता समेत सामेल भएको दाबी गरिएको छ भने र्‍यालीलाई ब्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । प्रधानमन्त्री खान बिरुद्धको अविश्वासको प्रस्तावमाथि संसदीय मतदान हुनु अघि र्‍याली आयोजना गरिएको हो ।

र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफु बिरुद्धको अविश्वासको प्रस्तावमा विदेशी शक्तिको हात रहेको भन्दै आफ्नो संघर्ष स्मरण गर्न पाकिस्तानी जनतालाई अपील गर्नुभयो ।

क्रिकेटरदेखि प्रधानमन्त्री पदसम्म आइपुगेको भन्दै उहाँले पाकिस्तानका लागि आफ्नो जीवन समर्पण गरेको जिकीर गर्नुभयो । पाकिस्तानाको अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खान विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिएको छ ।

अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदहरुले हस्ताक्षर गरेका छन् ।

सन् २०१८ मा सत्ता सम्हालेका खान विरुद्ध पहिलो पटक अविश्वास प्रस्ताव आएको हो । ३४२ सदस्य रहेको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यकता पर्छ ।