२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रचण्ड आज रोल्पा जाँदै


611
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदै हुनुहुन्छ ।

रोल्पा नगरपालिकाले युद्ध पर्यटनलाई मद्दत पुर्‍याउनेगरी निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्नका लागि प्रचण्ड रोल्पा जान लागेका हुन् ।

करिब ६ करोडको निर्माणमा बनेको यस टावरमा १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहिद भएका एक हजार भन्दा बढि सहिदको नाम राखिएको छ भने कतिपयको शालिक पनि बनाइएको छ ।

टावरको उद्घाटन पछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।