१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुदूरपश्चिम प्रदेशमा वर्षे अधिवेशन सुरू गर्ने बेलामा बल्ल हिउँदे अधिवेशन सुरू


65
Shares

काठमाडौं । हिउँदे अधिवेशन अन्त्य गर्नुपर्ने बेलामा सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन बल्ल सुरू भएको छ ।

गत असोजमा वर्षे अधिवेशन अन्त्य गरिएको थियो । दुई वटा अधिवेशनबीच ६ महिना भन्दा बढी समयको अन्तराल हुन नहुने संवैधानिक बाध्यता पूरा गर्नका लाग मात्रै आइतबारदेखि अधिवेशन सुरू गरिएको छ ।

हिउँदे अधिवेशनमा छलफल गर्नुपर्ने विषय नै नभएपछि औपचारिकता पूरा गर्न ढिलो गरी अधिवेशन डाकिएको हो ।

यस अवधिमा प्रदेशसभाले पारित गरेको सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको संशोधन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।