१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


मुस्ताङमा पार्किङ ठेक्का स्थानीयले पाउनुपर्ने माग गर्दै विरोध


0
Shares

सुन्दरकुमार थकाली (इमेज)

मुस्ताङ, साउन २५ । मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ, रानीपौवा र कागबेनी बसपार्कमा पार्किङबाट शुल्क उठाउने टेन्डर स्थानीयवासीलाई दिनुपर्ने मागसहित स्थानीयले विरोध गरेका छन् ।

वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका रानीपौवावासीले स्थानीयलाई बेवास्ता गरी बाह्य व्यक्तिलाई टेन्डर दिन नहुने भन्दै विरोध जनाएका हुन् ।

गाउँकार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्ट उनीहरुले शुक्रबार कार्यालयमै पुगेर चर्को नाराबाजीसहित विरोध गरे ।

आन्दोलित पक्ष र गाउँकार्यपालिकाबीच वार्ताको पहल भइरहेको जनाइएको छ ।

स्थानीय तहले पार्किङ ठेक्काको विषयमा स्थानीयसँग समन्वय नगरिएकामा उनीहरुले आपत्ति जनाएका छन् ।