
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम आज सोमबार केन्द्रीय कार्य सम्पादन समिति गठन गर्नुभएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यसम्पादन समितिमा २० सदस्यीय रहेका छन् । जसमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी रहेका छन् ।
यसैगरी, महामन्त्रीहरु डा. धवल शमशेर राणा, भुवन पाठक, कुन्ती कुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह, केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरि बहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुर प्रसाद शर्मा र ऋषि बाबु परियार केन्द्रीय कार्यसम्पादन समितिमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्