४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


गठबन्धन गरेर कांग्रेसले सबै सिट जित्ने देउवाको दाबी


208
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गर्नुभएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै नेता पराजित भएको स्मरण गराउनुभयो ।

उहाँले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले विगत सम्झिनु औचित्यपूर्ण नहुने बताउनुभयो ।

उहाँले अब आफू अन्तिम पटक पार्टी नेतृत्वमा रहेको र संघर्षबाट खारिएको व्यक्ति भएकाले नियतमा शंका नगर्न आग्रह गर्नुभयो ।

यसअघि बैठकमा नेता शेखर कोइरालाले आसन्न निर्वाचनमा गठबन्धन गर्ने, नगर्ने निर्णय केन्द्रले गर्न नमिल्ने बताउनुभयो । उहाँले केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दा तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भनेर प्रश्न गर्नुभएको थियो ।

बैठकमा धारणा राख्दै नेता कोइरालाले गठबन्धन गरेर चुनाव जित्छु भन्ने आशाभन्दा पार्टीभित्रै सबै गुट उपगुटबीचको एकतामा जोड दिन आनुभयो ।

उहाँले केन्द्रबाट गठबन्धन गर्छु भनेर निर्णय गर्दा तल्ला तहका कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्ने र त्यसले नतिजा प्रभावित हुने आशंका गर्नुभयो ।