१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


शेयर बजारमा ‘वियरिस ट्रेण्ड’ जारी, कारोबार आधामा खुम्चियो


195
Shares

काठमाडौं । शेयर बजारमा आज (सोमबार) पनि ‘वियरिस ट्रेण्ड’ जारी रहेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार समेत हिजोको तुलनामा आधामा खुम्चियो । हिजो ५ अर्ब बराबरको कारोबार भएकोमा आज जम्मा साढे २ अर्बको शेयर किनबेच भएको हो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २५ सय ४२ मा आएर थामियो ।

सबै समूहमा गिरावट आउँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च साढें ३ सय अंक बराबरको र निर्जीबन बीमा समूहमा अढाई सय अंकको गिरावट आयो ।

अरु अधिकांश समूह दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३१ कम्पनीको ४९ लाख कित्ता शेयर २ अर्ब ५४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसदिन १ सय ६७ कम्पनीका लगानीकर्ताले गुमाउँदा जम्मा २१ काले कमाएर भने ५ कम्पनीको मूल्य स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

घटेको बजारमा पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालका लगानीकर्ताले भने उल्लेख्य कमाए ।