
काठमाडौं । छेवैबाट महाकाली नदी बगे पनि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका स्थानीय सिंचाइका लागि आकाशे पानी र बोरिङको भरमा बस्न बाध्य छन् ।
तीन हजार ६ सय हेक्टरमा कृषि हुँदै आएको दोधारा चादँनी दशकौंदेखि सिंचाइविहीन छ ।
नेपाल–भारत एकीकृत सन्धिअनुसार वनवासा पुल नजिकै शारदा नहरबाट नेपाली सीमानासम्म करिब १२ सय मूलनहर बनाउनुपर्ने सम्झौता कार्यान्वयन हुन सकेको छैन ।
भारतले सन्धिअनुसार बनाउनुपर्ने नहर बनायो नत नेपाली पक्षले दोधारा चादँनीमा नहर निर्माणको सुरसार गर्यो ।नगरपालिकाका अनुसार दोधारा चादँनीमा स्थानीय, प्रदेश र सङ्घ सरकारबाट सिँचाइका लागि बोरिङ जडान भएको छ ।
धान, गहुँलगायतका अन्न तरकारी फल्ने यहाँ अझै मोटर र बोरिङले सिँचाइ पु¥याइरहे पनि विद्युतको भोल्टेज लगायतका समस्या रहेको स्थानीयवासीको भनाइ छ ।
महाकाली सिंचाइ आयोजना तेस्रो चरणका सूचना अधिकृत सिनियर डिभिजन इञ्जिनियर शम्भू पण्डितले दोधारा चादँनीमा १५ किलोमिटर नहर बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्