१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रुसी आक्रमणको मानसिक तनावले समय अघिनै युक्रेनी गर्भवती महिलाले बच्चा जन्माउन थाले


1.157k
Shares

एजेन्सी । रुसले युक्रेन्माथि आक्रमण सुरु गरेको सोमबार ३४ दिन पुगेको छ ।

युक्रेनी सेनाले रुसी सेनासँग बहादुरी पूर्वक लडेका कारण युक्रेन युद्ध लम्बिएको हो । रुसले बिना कारण गत फेब्रुअरी २४ बाट युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । युक्रेनभन्दा धेरै शक्तिशाली मानिएको रुसले युक्रेनलाई छोटै समयमा कब्जामा लिने अपेक्षा गरेको थियो । तर युक्रेनी सेना रुससँग नझुकेपछि रुसले सोचेभन्दा युद्ध फरक रुपमा लम्बिएको हो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेर युक्रेनका सबै पूर्वाधारहरु रुसले रकेट हानेर ध्वस्त पारिदिएको छ । ३५ लाख बढी युक्रेनी नागरिकहरु युद्धबाट ज्यान जोगाउन छिमेकी देशहरुमा शरण लिन पुगेका छन् । आफ्नो भएभरको समपत्ति छोडेर उनीहरु शरणार्थी बन्न पुगेका हुन् । रुसी सेनाले प्राय सबै युक्रेनी नागरिकहरुको आवासीय घरहरु ध्वस्त पारिदिएको छ । युद्धका कारण युक्रेनका महिला बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् ।

बीबीसीका अनुसार युद्धको कारण मानसिक तनाव भोग्न बाध्य भएका युक्रेनका गर्भवती महिलाहरुले समयपूर्व नै बच्चा जन्माउन थालेका छन् ।

युद्धसँग सम्बन्धित तनाव र चिकित्सा समस्याहरूको परिणाम स्वरूप विगत केही हप्तादेखि पूर्व जन्म दर दोब्बर वा तीन गुणा बढेको बीबीसीले जनाएको छ । महिना नपुगी बच्चा जन्मिदा बच्चाहरुको तौल कम हुने गरेका छ । पूर्ण अवधि नभई बच्चा जन्मिदा निकै समस्या हुनसक्ने चिकित्सकहरुको भनाई छ ।

रूसी सेनाद्वारा बमबारी गरिएको युक्रेनका शहरमा जीवनको लागि संघर्ष गर्दै त्यहाँ आमा र डाक्टरहरूले सामना गर्नुपरेको कठोर संघर्ष निकै कारुणिक रहेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि समयभन्दा पहिले बच्चा जन्मिनु सामान्य दरमा तीन गुणा बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

युक्रेनमा युद्धका कारण गर्भवती महिलामा संक्रमण, चिकित्सा सहायताको अभाव, खराब पोषण लगायतले समयपूर्व बच्चा जन्मने जोखिम बढेको छ । महिलाहरूलाई आवश्यक पर्दा चिकित्सा सहायता पुग्न समस्या भएको छ ।