
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरहरूले अर्थतन्त्रमा चुनौति बढ्दै गएको भन्दै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राजधानीमा सोमबार भएको सामना बैंकिङ पुरस्कार गुठीको तेह्रौं साधारणसभा तथा बैंकिङ पुरस्कार वितरण कार्यक्रममा पूर्व गभर्नद्वय गणेश बहादुर थापा र विजयनाथ भट्टराईले उक्त ध्यानाकर्षण गर्नुभएको हो ।
आयात नियन्त्रणमा थप प्रभावकारी कदम चालि अर्थतन्त्र जोगाउन पहल गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
गुठीले यस बर्षको बैंकिङ पुरस्कारबाट बैंकिङ ल इन नेपाल पुस्तकका लेखक रेशमराज रेग्मी र नेपालका आधुनिक मुद्राहरू नामक पुस्तकका लेखक श्याम खतिवडालाई प्रदान गरेको छ ।
यस्तै, सामना बैंकिङ पत्रकारिता पुरस्कारबाट वरिष्ठ आर्थिक पत्रकारद्वय गजेन्द्र बुढाथोकी र रमेश ढकाललाई प्रदान गरेको छ ।

गुठीका संस्थापक अध्यक्ष अर्थविद् डा. रेवत बहादुर कार्कीले बैंक वित्त सम्बन्धी लेखन तथा पत्रकारिता प्रोत्साहनका लागि यस किसिमको पुरस्कार स्थापना गरी प्रदान गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्