
धनकुटा । जिल्ला प्रसाशन कार्यालयले अनुमति लिएर हातहतियार प्रयोग गर्नेलाई बुझाउन सूचना जारी गरेको छ ।
सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न धनकुटा जिल्लाबाट इजाजत प्राप्त विभिन्न व्यक्तिका नाममा रहेका हातहतियार निर्वाचन पश्चात फिर्ता पाउने गरि प्रहरी इकाइ मार्फत जिल्ला प्रशासन कार्यालय, धनकुटालाई बुझाउन सूचना जारी गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस्