२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


सात दिनसम्म बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम


91
Shares

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डूले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको हो ।

सात दिनसम्म चलेको कार्यक्रममा बैंकका प्रतिनिधिहरू विभिन्न स्कुल तथा कलेजहरूमा गई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरूलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमले विद्यार्थीहरूको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिगवृद्धिमा सहयोग पुगेको बैंकको विश्वास छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।