५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


65
Shares

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने/नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको हो ।

सभापति शेरबहादुर देउवा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा दृढ हुनुहुन्छ भने नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानमा छन् ।

आज अपरान्ह ३ बजे बस्ने बैठकबाट सम्भवत चुनावी तालमेल गर्ने/नगर्ने सम्बन्धमा निर्णय आउने बताइएको छ ।

सभापति देउवा पक्षका अधिकांश सदस्यहरु पनि तालमेलकै पक्षमा देखिएकाले कांग्रेसले सैद्धान्तिक रुपमा चुनावी तालमेलको निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।