
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल र मनहरी गाउँपालिका–६ लोथर खोलाबाट गरी २ सय ६५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।
आइतबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले प्रहरी चौकी चौकिटोलको कार्यालय अगाडी सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा भैंसेबाट हेटौंडा तर्फ आउँदै गरेको प्र ३–०१०२३ च ५६४० नम्बरको पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागू औषध गाँजा १६५ किलो ८०० ग्राम सहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा १३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
यसैगरी, सोमबार बिहान विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला मकवानपुर मनहरी ६ स्थित लोथर खोला हुदै खयरघारी तर्फ शंकास्पद रुपमा बोकेर आएका ४ जनालाई १०० किलो गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला धादिङको रोराङ्ग गाउँपालिका–२ बस्ने ३० वर्षीय मान बहादुर चेपाङ्ग, सोहि ठाउँका ३९ वर्षीय सन्त बहादुर चेपाङ्ग, मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने ५३ वर्षीय बुद्धी बहादुर थिङ्ग र जिल्ला चितवन राप्ती नगरपालिका–११ बस्ने वर्ष ५५ को सञ्च बहादुर थिङ्ग रहेका छन् ।
पक्राउ परेकाहरु माथि आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्